कांग्रेस कार्यकर्ताले कुनै ठाउँमा पनि आक्रमण गरेका छैनन् : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यसपालि पनि कांग्रेसले चुनावमा स्वस्थ प्रतिस्पर्धा गरिरहेको बताएका छन् । ठाउँठाउँमा कार्यकर्ताबीच झगडा भइरहेको समाचार आइरहेको बेला उनले यस्तो बताएका हुन् ।

नेता महतले कुनै ठाउँमा पनि कांग्रेस कार्यकर्ताले आक्रमण नगरेको दाबी पनि गरे । ‘काहिँ पनि नेपाली कांग्रेसका कार्यकर्ताहरूले कसैलाई आक्रमण गरेको छैन । बरु हामीहरूमाथि ठाउँठाउँमा आक्रमण भइरहेको छ । हामी स्वस्थ्य प्रतिस्पर्धामा विश्वास गर्छौँ । हामी सत्ताको दुरुपयोग कहिले गर्दैनौं,’ पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

महतले केपी शर्मा ओली सरकारमा भइरहेको भए नेपाल अहिले श्रीलंका भइसक्ने थियो भनेर टिप्पणी पनि गरे । एमालेले मुलुकलाई ऋणमात्र बोकाएको उनको आरोप छ । महतले कांग्रेस सरकारमा आउनासाथ मुलुक अनुदानमय भएको दाबी पनि गरे ।





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १२:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया