असार पहिलो साता ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

आइसिटी फाउण्डेसन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ । 

४ र ५ असारमा द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्ध अन्तराष्ट्रिय कम्पनी ‘ह्वावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रूपमा रहेका छन् । कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० बढी वक्ता र ७ सय बढी विशिष्ट व्यक्ति तथा विज्ञहरूको सहभागिता रहने फाउण्डेसनले जनाएको छ ।

डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरू रहेका छन् । कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा बृहत् छलफल हुनेछ । 

नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ । 

यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए । 

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपाल सम्बन्धी क्रिएशनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । 



विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ । सरकारी तथा निजीक्षेत्रका महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : वैशाख २८, २०७९ बुधबार १६:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया