मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए । यस्तै, उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उनले ६४१ मत पाइन् । 

कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छन् । ०७४ को चुनावमा गाउँपालिकामा निर्वाचित विष्ट स्वतन्त्र उम्मेदवार भएरै चुनाव जितेका थिए । पछि उनी एमाले प्रवेश गरेका थिए ।

विष्टले ०७४ को चुनावमा प्रतिस्पर्धी कांग्रेसका तेन्जिङ छिरिङ गुरुङलाई ५ सय ५२ मतान्तरले हराएका थिए ।  





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ७:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया