नगराइनमा कांग्रेसका उम्मेदवार विनयको अग्रता कायमै, पछ्याउँदै एमालेका पजियार

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमख पदका उम्मेदवार विनयकुमार यादवले अग्रता कायम गरेका छन् ।

नगराइन नगरपालिका–१ को ताजा मतपरिणाम अनुसार २३६ मत गन्दा विनयले सुरुवाती अग्रता लिएका हुन् ।

विनयले १२८ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ८३ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले ९ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ११४, नेकपा एमालेकी राधा देवी यादवले ८९ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले ७ मत ल्याएकी छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १५:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया