महोत्तरीको बर्दिवास-८ मा माओवादीका शमशेर सिंह विजयी

नेकपा माओवादी केन्द्रले महोत्तरीको बर्दिवासमा खाता खोलेको छ । बर्दिवास-८ को वडाध्यक्षमा माओवादी केन्द्रका शमशेर सिंह विजयी भएका हुन् । 

सिंह ७५३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किंगरिंग मगरले ७४४ मत प्राप्त गरे ।

त्यस्तै, लोसपाका राम प्रवोध यादवले ३५३, राष्ट्रिय जनमुक्ति पार्टीका विशाल राईले १४७ र स्वतन्त्र उम्मेदवार जीवनकुमार लामाले ११७ पाएका छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १६:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया