विजयी र्‍यालीमा गएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ३० जना घाइते

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

प्रहरीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर पल्टिएको हो ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो । र्‍यालीमा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएका हुन् । 

दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला भट्टले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया