सुवास नेम्बाङको गृहनगरमा एमाले हार्‍यो, २५ वर्षपछि मेयर/उपमेयरमा कांग्रेस विजयी

इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । 

कांग्रेसका उम्मेदवार केशव थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । उनले १३ हजार १ सय ६५ मत पाउँदा चेम्जोङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा पनि कांग्रेसले नै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सीता रिजाललाई उपप्रमुखमा पराजित गरिन् ।

दाहालको १३ हजार ५ सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाइन् । इलाम नगरपालिकामा ०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । ०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए । 

१८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए । ०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङ निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो । 

१२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष जितेको छ । बाँकी सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ९:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया