बाबुरामको गृहनगर पालुङटारको मेयर/उपमेयरमा माओवादीका चिन्तन र पाण्डे विजयी

 गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन विजयी भएका छन् ।

उनी ६०७२ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए । नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले ४९९७ मत मात्रै पाए । उनी निवर्तमान मेयर हुन् ।

उपमेयर पनि माओवादीले नै जितेको छ । उपमेयरमा बन्दना पाण्डे ५५७९ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५०७७ मत ल्याइन् ।

जसपा–एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले ४२८१ मत मात्रै पाइन् । पालुङटार जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ६:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया