पोखरा महानगरपालिकामा बल्ल एक तिहाइ गणना भएको छ । ३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भइसक्यो ।
यही गतिमा गणना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ । तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मञ्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन् । उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।