वीरेन्द्रननगर–९ मा एमाले निर्वाचित

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ९ नम्बर वडामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सबै उम्मेदवार निर्वाचित भएका छन् ।

वडाअध्यक्षमा ऋषि गिरी निर्वाचित भएका छन् । गिरीले कुल एक हजार तीन सय १७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेश मानन्धरले एक हजार एक सय ३५ मत ल्याएका छन् । मानन्धर निवर्तमान वडा अध्यक्ष हुन् ।

वडा सदस्यमा मानबहादुर चौधरी (१,४४८) र भीमबहादुर गुरुङ (१२७२) निर्वाचित भएका छन् । वडाको महिला सदस्यमा गोरी रावत (१३३१) र दलित महिला सदस्यमा रत्ना नेपाली (१३२७) निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी एमालेका उम्मेदवार हुन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:५७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया