रोचक बन्दै हेटौंडाको मतगणना, एमालेलाई विरासत जोगाउन मुस्किल

बागमती प्रदेशसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको मतगणना रोचक बनिरहेको छ । कहिले गठबन्धन अगाडि, कहिले राप्रपा अगाडि हुँदै गएको मतगणनामा एमाले भने जेनतेन दोस्रोमा पाइला टेकिरहेको छ । 

हेटौंडा उपमहानगरपालिकाको १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना हुँदा १४, १५ र ५ नम्बर वडाको मतले मतअन्तर साघुँरो पार्न सफल भएको एमालेले अझै पनि गठबन्धनलाई भेट्न सकेको छैन । विगत तीन दशकदेखिको विरासत जोगाउन एमालेलाई कष्टकर बनिरहेको छ । 

हेटौंडाको नेकपा एमालेको लालकिल्ला मानिने गरिएको थियो । तर, गठबन्धनको जितको सम्भावना नजिकिएसँगै एमालेको लालकिल्ला भत्किने लगभग निश्चितजस्तै बनिसकेको छ । 

हेटौंडामा अहिलेसम्म ५८६५८ मत गणना हुँदा पहिलो स्थानमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार मीनाकुमारी लामा अगाडि रहेकी छिन् । लामाले १८२७१ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साँघुरो पार्दै १७०२६ मत प्राप्त गरेका छन् । 

हाल पौडेल र लामाको १२४५ मतअन्तर रहेको छ । यस्तै, सुरुमा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह बुधबार साँझदेखि नै तेस्रो स्थानमा रहेका छन् । सिंहले १६३११ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले २६४४६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले १९१०२ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ४२१४ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २०:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया