सप्तरीको राजविराज नगरपालिकाको मेयर/उपमेयरमा जसपाका यादव र प्रवीण

सप्तरीको राजविराज नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव विजयी भएका छन् । उनी ९ हजार ५४ मतका साथ मेयरमा विजयी भएका हुन् ।

यादवका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे । उपमेयरमा जसपाकै इसरत प्रवीण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । 

उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् । इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ६:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया