भरतपुर महानगरमा ७६ हजार मत गन्दा कसले कति ल्याए ?
फाइल तस्वीर

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन् । 

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन् । ७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २९ हजार ४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन् । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १४:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया