सात सय १५ पालिकाको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?

स्थानीय तह निर्वाचन ०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये स्थानीय तह निर्वाचन  ०७९ मा १३ वटा दल पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् । 

दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठवटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चारवटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ । 



राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चारवटा पालिकाको प्रमुख र तीनवटा पालिकाको उपप्रमुख पद जितेको छ । 

जनमत पार्टीले दुईवटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । 



विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । 

यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २१:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया