भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेसका बोगटी भारी मतान्तरले विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पदम बोगटी निर्वाचित भएका छन् । उनी १५ हजार ८८२ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

बोगटीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत मात्र प्राप्त गरे । बोगटी अघिल्लो निर्वाचनमा एमालेका सुरेन्द्र विष्टसँग झिनो मतान्तरले पराजित भएका थिए । 

यसपालि भने उनी एमाले उम्मेदवारलाई ७ हजार ७०३ मतले हराउँदै मेयरमा विजयी भए । त्यस्तै, राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए । उपमेयरमा पनि कांग्रेसकै निलम जोशी विजयी भएका छन् ।  

उनी १२ हजार २ सय १६ मतसहित उपमेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे ।

भीमदत्त कञ्चनपुरको सदरमुकाम पनि हो । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ६:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया