एमालेसँगको तालमेलका बाबजुद व्यास नगरपालिकामा गोविन्दराज जोशीका छोरा पराजित

तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन् । उनी १२ हजार ७८ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । 

न्यौपानेका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र–एमालेका उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । पराजित जोशी पूर्वमन्त्री गोविन्दराज जोशीका छोरासमेत हुन् । कांग्रेसलाई ‘आफ्नो क्षमता देखाउने’ रणनीतिका साथ छोरालाई मेयर उम्मेदवार बनाएका जोशी सफल हुन सकेनन् । 

उनी अघिल्लो निर्वाचनमा अन्तर्घात गरेको आरोपमा पार्टीबाट निष्काशनमा परेका थिए । गोविन्दका छोरा दीपकले कैँची चुनाव चिन्हका साथ प्रतिस्पर्धा गरेका थिए ।  

नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा दरै १३ हजार चार सय ९८ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरिन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ७:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया