भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो ललितपुरको जावलाखेलमा उनी सवार गाडी दुर्घटनामा परेको थियो ।
त्यहाँबाट पुल्चोकमा रहेको सुमेरु अस्पताल पुर्याइएकी दाहालको टाउकोमा टाँका लगाइएको छ ।
टाउकोमा टाँका लगाइएको भए पनि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ । रेनु दाहाल सवार सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।