सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने

सरकारले सार्वजनिक निकायले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नु पर्ने नीति ल्याएको छ । 

आगामि आर्थिक वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो नीति लिएको बताएका हुन् । 

उनले परम्परागत इँटा भट्टालाई समेत विद्युतीय बनाइने बताएका छन् । उनले डिजेल बोइलरलाई विद्युतीय बोइलरले विस्थापित गरिने पनि बताएका छन् ।

उनले विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन सन्चालन गर्ने पनि बताएका छन् । 

त्यस्तै, अहिले पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने पनि सरकारको नीति रहेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया