कटारीका मेयरको पहिलो निर्णय : आफ्नो सेवासुविधा विपन्न र गरिबको स्वास्थ्य शिक्षामा लगानी गर्छु

उदयपुरको कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधा वापतको रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । सोमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि कोष स्थापना गर्ने बताए । 

आफूले पाउने सेवासुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ । यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहजरूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । 

नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्ययी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।  





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ९:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया