'तिम्रो मायामा'को साथमा आए थानेश्वर गौतम

अमेरिकामा रहेका गजलकार रमेश लुइँटेलको शब्दमा समावेश गजल 'तिम्रो मायामा'को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

यस गीतमा गायक थानेश्वर गौतमको स्वर, संगीत सुन्न सकिन्छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि  बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्। राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ। भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। 

अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'नेपाली मेलोडिज' नामक युट्युव च्यानलमाफर्त सार्वजनिक भएको हो।

भिडियो





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १६:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया