चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया

चितवन मेडिकल कलेजले ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया गरेको छ । मेडिकल कलेजले गत चैत २५ गते जन्मिएिकी एक बालिकाको मुटुको शल्यक्रिया गरेको हो । 

आमाको गर्भमा बसेको ७ महिनामै नारायणी सामुदायिक अस्पतालमा जन्मिएलगत्तै उनको जन्मँदा उनको तौल मुस्किलले १ किलो मात्रै थियो। 

भरतपुर अस्पतालको एनआइसियुमा लगेर स्वास्थ्य जाँच गर्दा उनको मुटुमा खराबी देखिएको थियो । चितवन मेडिकल कलेजले बालिकाको निःशुल्क शल्यक्रिया गरेको हो । 

करिब ८ घण्टा लगाएर बालिकाको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको  शल्यक्रियाको नेतृत्व गरेका डाक्टर अनिल आचार्यले बताए।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया