कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोक साडेपानीमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय तारा रावल रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी रावलको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराति सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय सुखड कैलालीले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १०:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया