बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै नेताहरूसँग भेटघाट

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकारवाला व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौं आइपुगेका छन्। 

सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गर्दै उनीहरुले विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन् । 

आज मात्रै उनीहरुले पर्यटनमन्त्री प्रेम आले, अर्थमन्त्री जनार्थन शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका हुन् ।
 
ज्ञापनपत्र बुझ्दै मन्त्री आलेले मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न तयार रहेको बताएका छन् । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट दिए तत्कालै निर्माण प्रक्रियामा जाने बताएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै अर्थमन्त्री शर्माले आगामी चुनावभन्दा अगाडि नै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलान्यास गर्ने दाबी गरे । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आह्वान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेट उपलब्थ गराउने उनले बताए । 



यसैगरी, राप्रपाका अध्यक्ष लिङ्देनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै विकल्प नरहेको बताएका छन् । उनले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनीहरुले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलागायत नेतासँग भेट्ने कार्यतालिका रहेको संयोजक श्रेष्ठले बताए । 



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १८:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया