आँबुखैरेनी पहिरोमा मानवीय क्षतिको आशंका, पुरिएको अवस्थामा कार भेटियो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ । घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो ।

कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिए । कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र को–को थिए भन्ने खुलेको छैन ।  

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्नसक्ने अवस्था नरहेकाले सवारी साधनहरू जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।     





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार ८:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया