कमेडी फिल्म सिल्ली फोबारे पत्रकार भेटघाट

नेपाली चलचित्र सिल्ली फो असार ३१ गतेबाट सार्वजनिक हुँदै छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो । 

कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेललगायत कलाकार छन् । राजबहादुर साने निर्देशित फिल्ममा ४ जना बदमास पात्रको कथा समेटिएको छ । 

फिल्ममा आफ्नो भूमिका स्ट्रगल कलाकारको रुपमा रहेको नायिका अधिकारीले बताइन् । आफूले गरेकै अनुभवलाई फिल्ममा अभिनय गर्न सहज भएको बताइन् । 

त्यस्तै, कार्यक्रममा कलाकार रविन्द्र झाले फिल्म खेल्दा नै रमाइलो लागेको प्रतिक्रिया दिए । कथामा ४ सिल्ली को रहेछन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए । 

त्यस्तै, वरिष्ठ कलाकार राजाराम पौडेलले फिल्ममा अभिनय गर्दा रमाइलो अनुभव भएको बताए । 

फिल्म नेपालगञ्ज आसपासका स्थानमा छायांकन गरिएको हो । फिल्ममा केकीका बाहेक धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायत कलाकारको अभिनय छ । 



यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईंले अभिनयमा डेब्यु गर्दै छन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् भने विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेका छन् । 

फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।



  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १७:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया