मन्त्री आलेको गुनासो– अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् । 

बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै उनले  बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए । 

बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ । 

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।  





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया