ईश्वर पोखरेलको प्रश्न : एसपिपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो?

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् । भूकम्पको समयमा विपद् व्यवस्थापनका लागि २० कात्तिक २०७२ मा एसपिपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताएका हुन् । 

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपिपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो? सेनापतिले एसपिपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही? यसबारेमा बाहिर सत्यतथ्य ल्याउनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपिपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई विवादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो । 

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनुपर्नेमा पनि जोड गरेका छन । ‘एसपिपी कसको पालामा अगाडि बढाइएको थियो भन्नेभन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री नारायण खड्काले ‘एसपिपीको च्याप्टर क्लोज’ भइसकेको’ र प्रधानसेनापति शर्माले एसपिपीको सैन्य सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि पोखरेलले ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरेलले थप आशंका गर्न भने छुटाएनन् । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १२:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया