३ हजार ९१४ नमुना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पिसिआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन र पिसिआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

१ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन् । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १७:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया