देउवाकाे प्रश्न– मेरो पालामा वाइड बडी खरिदबारे काम भएकै छैन, म कसरी संलग्न ?

धनगढी– नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा भएको अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन् । 

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरिद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओलीको सरकारकै पालामा भएको दाबी गरे । 

‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो ?” उनले प्रश्न गरे । 

फरक प्रसंगमा सभापति देउवाले महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । नेविसंघको विवाद चाँडै समाधान गर्नेसमेत उनले बताए ।





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार २०:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया