उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम सम्पन्न

सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससिडब्लुसी)को आयोजनामा गत शुक्रबार राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम सम्पन्न भएको छ । परिषद्की अध्यक्ष रिता भण्डारीका अनुसार अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धी महिला उद्यमीमध्ये नेपाल नट क्राफ्ट प्रालिकी अध्यक्ष श्यामवदन श्रेष्ठले उकृष्ट नेपाली उद्यमीको उपाधि प्राप्त गरेकी छिन् ।

यसैगरी, तारा ओरियन्टलकी कार्यकारी निर्देशक मृदुला राजभण्डारीले फस्र्ट रनरअप र थ्रीस्टार एडभेन्चर टेकिङ प्रालिकी मुख्य निर्देशक लक्की कार्की क्षेत्री सेकेन्ड रनरअपको उपाधि प्राप्त गरेका छन् । 

कार्यक्रममा आयोजित फेसन सोको फेसन डिजाइनको जिम्मा सरिता तुलाधर, अनु श्रेष्ठ र ज्ञानीशोभा तुलाधरले लिएका थिए । कार्यक्रममा सविना कार्कीले गीत गाएर सहभागीलाई मनोरन्जन दिलाएकी थिइन् । 
 
आफ्नो राष्ट्रको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका महिलाको सम्मानका खातिर सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार आयोजना गरिएको आयोजकको दाबी छ । 

उपाधि विजेता श्रेष्ठले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतियोगिताको अन्तिम चरणमा अर्बन गर्लकी कार्यकारी निर्देशक तथा फाउन्डर निकिता आचार्य, हायर ग्राउन्ड क्राफ्टकी कार्यकारी निर्देशक तथा फाउन्डर चन्द्रकला श्रेष्ठ पोखरेल, संस्कृत इन्टरनेसलन स्कुलकी सञ्चालिका दीप्ति आचार्य, लक्ष्मी उड क्राफ्टकी फाउन्डर लक्ष्मी शर्मा, थ्रीस्टार एडभेन्चर टेकिङ प्रालिकी मुख्य निर्देशक  लक्की कार्की क्षेत्री, तारा ओरियन्टलकी कार्यकारी निर्देशक मृदुला राजभण्डारी, मानुषी संस्थाकी अध्यक्ष पद्मासना शाक्य, पोखरा महिला सीप विकास प्रालिकी अध्यक्ष रामकली खड्का, होटल अन्नपूर्णकी कार्यकारी निर्देशक श्रीजना राणा, नेपाल नट क्राफ्ट केन्द्र प्रालिकी अध्यक्ष श्यामवदन श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।
 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १४:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया