कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का
फाइल तस्वीर

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा, ३६ (१) (क) बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा आज मनोनयन गरेका हुन् ।

सभापति देउवाले पार्टीको विधानको धारा, ३६ र कांग्रेस नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार २०:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया