स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेबीच छलफल

विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएको छ ।

शनिबार काठमाडौं भएको छलफल सकारात्मक भएको काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले जानकारी दिए ।

छलफलको समन्वय वरिष्ठ कलाकार निर्मल शर्माले गरेका थिए । छलफलमा निकिता पौडेलको पनि उपस्थिति रहेको थियो ।

छलफलपछि पुकारले फेसबुकमा लेखेका छन्, ‘विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रविजीले सुरु गर्नुभएको नयाँ पार्टीको बारेमा गहन छलफल भयो । आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भयो । छलफल सकारात्मक भएको छ ।’ 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १४:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया