नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन - गठबन्धन होला र उम्मेदवारी दिउँला भन्ने कुरा बिर्सिनुस्

नेकपा एकीकृ‌त समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने बताएका छन् । आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका विरुद्धमा भने संघर्ष गर्ने बताए ।

उनले भने, – ‘सबैलाई समेटेर अगाडि बढ्ने क्रममा नै हामी अहिले गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ । यो गठबन्धन सरकार कायम रहन्छ ।'

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन नभए पनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयार रहन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रहरूमा डमी उम्मेदवारको रुपमा भए पनि उम्मेदवार खडा गर्नुपर्ने बताए ।

उनले भने, – ‘हामी फेरि पनि गठबन्धनको निम्ति प्रयास गरेर जानुपर्छ । तर पहिलेका कमजोरीबाट शिक्षा लिनुपर्‍यो । गठबन्धन होला र उम्मेदवारी दिउँला भन्ने कुरा बिर्सिनुस् । गठबन्धन भएन भने पनि सबै ठाउँमा हामीले मान्छे तयार गर्नुपर्छ । उम्मेदवारको निम्ति होस् । डमी उम्मेदवारको रुपमा होस् । या पार्टी प्रतिनिधिको रूपमा होस् । प्रत्येक ठाउँमा हाम्रो मान्छे चाहिन्छ ।’



उनले संगठन निर्माण र प्रचार–प्रसारको काममा सक्रियतापूर्वक लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।



  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १४:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया