हेटौँडाको नगरसभा गर्ने जुट्यो सहमति

मकवानपुरको हेटौँडाको नगरसभा केहीबेरमा बस्दै छ । आजलाई आह्वान गरिएको नगरसभा ३ बजे सुरु हुने भएको छ । १ बजेको लागि बोलाइएको नगरसभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरू आज पनि अनुपस्थित जनाउने निर्णय गरेका थिए । तर, पछिल्लो छलफलपछि सभा आजै हुने भएको हो ।

नेकपा एमाले सम्बद्व ५४ जना बहुमत सदस्यले पेश गरेकाे संसाेधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने भएको सहमति भएपछि हेटौंडाको एघारौं नगरसभा आजै हुने भएको हो ।

यसैगरी विषयगत समितिहरू सहमतिकाे आधारमा निर्माण गर्ने, बजेट निर्माणमा सामूहिक छलफलबाट टुङ्गाे लगाउने प्रतिबद्धता नगर प्रमुखबाट भएपछि अबको केहीबेरमा सुरु हुने भएकाे हेटौंडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले बताए ।
 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १५:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया