महाँकाल गाउँपालिकाको नाम परिवर्तन निर्णय विवादमा, ज्ञापनपत्र बुझाउँदै एमाले

ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ । गत १० असारमा बसेको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम महाँकाल वैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।

एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए । 

आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर, वैतरणी​,तोक्तोङगुम्बा नाम राख्नुपर्ने विवाद उत्पन्न भएको छ ।

राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ९:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया