अस्ट्रेलियन ओपन टेनिसः एन्डी मुर्रे पहिलो चरणमै स्तब्ध

एजेन्सी– बेलायती भेट्रान्स टेनिस खेलाडी एन्डी मुर्रे अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । उनी स्पेनिस रोबर्टो बाटिस्टासँग पराजित भएका हुन् । तीनपटकको ग्रान्डस्लाम विजेता मुर्रेको यो पराजयपछि विभिन्न टीकाटिप्पणी पनि भएको छ । 

पाँच सेटको खेलमा मुर्रे पराजित भएका हुन् । पराजयपछि पत्रकार सम्मेलन गर्दै मुर्रेले भने, ‘मैले सक्नेजति गरेको हुँ, तर त्यो पर्याप्त भएन ।’

मुर्रेले केही दिनअघि यही वर्षबाट खेल जीवनबाट सन्न्यास लिने बताएका थिए । हिपमा समस्या भएका कारण उनले सन्न्यासको तयारी गरिरहेका छन् । 
 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ९:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया