'परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउनुपर्छ'

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी हुन् । उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताइन् । 

सभापति सुवेदीले नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी सोही अनुरुपको उत्पादन आफैँ गर्न सक्नुपर्ने बताइन् । उनले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउनुपर्ने आवश्यकता भएको बताइन् । 

सुवेदीले कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउनका लागि सरकारले आवश्यक नीति तथा नियमावली तत्काल बनाएर सहजीकरण गर्नुपर्ने बताइन् । उनले सरकारले कृषिलाई चक्लाबन्दी,व्यवसायीकरण,आधुनिकीकरण गरेर आवश्यक सिंचाई,उन्नत जातको बीउ र आवश्यक मल दिन सके मात्रै पनि नेपालीलाई पुग्ने धान उत्पादन गर्न समस्या नरहेको स्पष्ट पारिन । 

त्यस्तै,कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताए । उनले धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाईब्रिड बीउमा जानुपर्ने बताए । सचिव शर्माले वर्षे धानभन्दा पनि सरकारले चैते धानको उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने बताए ।
 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १४:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया