रोहिंग्याको विरोध प्रदर्शनप्रति विश्व हिन्दू परिषद ध्यानाकर्षण

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि रोहिंग्या मुसलमानले गरेको विरोध प्रदर्शनप्रति विश्व हिन्दू परिषद नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज परिषद्का राष्ट्रिय महासचिव जीतेन्द्रकुमार सिंहले एक विज्ञप्ति जारी गर्दै रोहिंग्या मुसलमानका कारण देशको आन्तरिक सुरक्षामा खतरा हुन सक्‍ने भन्दै ध्यानाकर्षण जनाएका हुन् ।

देशको सुरक्षालाई प्राथमिकतामा राख्दै रोहिंग्यालगायतका गैरकानुनी रूपमा बस्दै आएका मुसलमानलाई छिटोभन्दा छिटो देश निकाला गर्न परिषदले माग गरेको छ । साथै गैर–कानुनी रूपमा यस्ता समूहलाई नेपाल प्रवेश गराउने एवं संरक्षण गर्नेमाथि समेत यथाशीघ्र छानबिन गरी कानुनी कारबाही गर्न सरकारसमक्ष परिषदले अनुरोध गरेको छ ।

'काठमाडौं, कपनलगायतका ठाउँमा अवैध रूपमा रहँदै आएका रोहिंग्यालगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको तथ्यलाई नकार्न सकिन्न । नेपाल सरकारसमक्ष देशको सुरक्षा सर्वाधिक चुनौतीपूर्ण हुन्छ, जो सर्वोपरि पनि हो' विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया