धनुषा प्रहरीले पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक बस्ने ३७ वर्षीय मनीष अधिकारी रहेका छन् ।
सोमबार राति मनीषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन कोठाको टपमाथि लुकाई राखेको अवस्थामा गोली लोड गरेको म्याग्जिनसहितको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मनीषले आफ्नी श्रीमतीसँग घरायसी वादविवाद हुँदा घरमै लुकाएर राखेको पेस्तोलबाट गोली चलाएको डिएसपी क्षेत्रीले बताए । पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।