आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते दही चिउरा खाएर दिवस मनाउने गरिन्छ । 

देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव लगायत कार्यक्रम भइरहँदा कृषि विभागले भने दिवसको अवसरमा खुमलटारमा कार्यक्रम गर्दैछ । सरकारले २०६१ साल मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खेतिपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दही चिउरा खाएर असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् । 

देशको आर्थिक वृद्धिदरको आधार नै धानको उत्पादन रहेको नेपालमा  वर्षेनी १५ लाख हेक्टर जमिनमा झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर, पछिल्लो समय धानको उत्पादन घट्दै गएको छ । चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । जसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको छ । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ७:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया