काठमाडौं महानगरपालिका–४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।  

असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडाध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्वअध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ । 

लिखत सम्बन्धी कसुरमा आरोपीहरूलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ ।  

मोहनबहादुर विष्ट अध्यक्ष हुँदा लिखतसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए ।  





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ८:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया