बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जंगली च्याउ खाँदा बिरामी परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसियूमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।