सहिद स्मारक ‘ए’ डिभिजन टोली न्युरोड टिम (एनआरटी) लेटुवाङ याङ टेरुत (टिवाइटी) कपको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा ऊ इन्डोनेसियाको लिग–२ क्लब कारो युनाइटेड एफसीसँग ५–१ ले पराजित भएको हो ।
मलेसियाको पेनाङमा भएको खेलमा कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।
पहिलो हाफमै चार गोल खाएको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्कायो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।
एनआरटीले शनिबार पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।