दाङमा मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् । बिहीबार राति घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा सडकमा गुडि रहेका २ वटा साइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका - १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको छ ।
साइकलमा सवार घोराही– १५ का विनोद भण्डारी र मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरी घाइते छन् । प्रहरीका अनुसार घाईते दुवै जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।