काठमाडौं-५ बाट प्रतिनिधिसभा चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफू काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने आधिकारिक रूपमा जानकारी गराएकी हुन् ।  

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, रञ्जुले शनिबार राति फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ।’ 

उनी ०७४ को स्थानीय चुनावमा काठमाडौंको मेयर उठेकी थिइन् । जहाँ रञ्जु नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् । सो निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् ।  





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ८:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया