पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैनः दाहाल

धादिङ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् । 

लिःल फङ (घले समाज) केन्द्रीय समितिले धादिङ बेसीमा आयोजना गरेको हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्वप्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गरे । 

पूर्वगृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँ–ठाउँमा घलेले राज्य गरेको, तर त्यसको कुनै लिखित इतिहास नभएको बताए । उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरे । 

कार्यक्रममा सहभागीलाई भेडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो । ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए । पुछार बजारबाट झाँकीसहित निकालिएको र्याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो । 
 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १४:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया