युक्रेनको पूर्वी सहर लिसिचान्स्क पनि रुसी सेनाको नियन्त्रणमा

रुसले युक्रेनको पूर्वी सहर लिसिचान्स्क नियन्त्रणमा लिएको छ । लामो संघर्षपछि रुसले लिसिचान्स्क कब्जा गर्न सफल भएको हो । लिसिचान्स्क सहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । 

‘लिसिचान्स्कका लागि भीषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन्,’ युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोला बारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’  

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क सहरमा फर्किने दाबी गरेका छन् । एक साताअघि रुसी सैनिकले सेवेरोदोनोत्स्क पनि नियन्त्रणमा लिएको थियो ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ६:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया