सेनाको कृषि विज्ञान संस्थानमा हुन थाल्यो स्नातक तहको पढाइ

नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।

सैनिक र गैर सैनिक सबैका लागि कृषि तथा भेटेरिनरी सम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नति गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोष अन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ हुने गरी कृषि संस्थान सुरुवात गरेको हो । 

१६ असारबाट औपचारिक रूपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा. श्यामसुन्दर शर्माले बताए  । उनका अनुसार हाल नेपाली सेना परिवारतर्फ २३ जना र सिभिल तर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसमा नेपाली सेना परिवार तर्फका २४ र गैर सैनिकतर्फ २४ जना गरी प्रति वर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन् । क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यावसायिक कृषि उत्पादन पनि सुरु गरेको छ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १२:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया