बाजुराको बूढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि विवाद भएको छ । मतदानका क्रममा विवाद बढेपछि प्रहरीले गोली चलाएको छ ।
त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा हुँदा हवाई फायर गरिएको सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यले जानकारी दिए । अहिले भने स्थिति नियन्त्रणमा आइसकेको उनले बताए ।
निर्वाचन कार्यालयका अनुसार आजको निर्वाचनमा बूढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको । यसअघि ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा झडप भएपछि आयोगले पुनः निर्वाचनको घोषणा गरेको थियो ।
बूढीगंगामा नगरप्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।