बूढीगंगा निर्वाचन अपडेट: ८ सय मत गन्दा एमालेको अग्रता
फाइल तस्वीर

बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म ८ सय मतगणना सकिएको बूढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटरले जानकारी दिए । 

अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । ८ सय मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै एमालेमा रामबहादुर बानियाँले अग्रता कायम राखेका छन् । 

यस्तै, नेपाली कांग्रेसका कांग्रेस रंगबहादुर खातीले ३५३ मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा एमालेकी माया कुमारी कुवँरले ४०२ मत प्राप्त गरेकी छन् भने भने कांग्रेसकी रिता शाहीले ३५७ मत पाएकी छिन् । 

त्यस्तै, वडा नं. १० को वडा अध्यक्षका उम्मेदवारहरू मध्ये एमालेका उम्मेदवारले  १ सय ९९ र नेपाली कांग्रेसका उम्मेदवारले १ सय ७६ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १८:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया